News Portal

  • नेशनल प्याव्सन भक्तपुरले मनायो २४ औँ स्थापना दिवस

    निराजन सिलवाल, भक्तपुरपोस्ट भक्तपुर, २७ पुस २०७८
    ११८६ पटक
    npabsonभक्तपुर, २७ पुस २०७८

    भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) को २४ औँ स्थापना दिवस मनाइएको छ । नेशनल प्याव्सन भक्तपुरले मंगलवार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो ।

    स्थापना दिवसको अवसर पारेर नेशनल प्याव्सन भक्तपुरले शुभकामना आदानप्रदान एवं समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको जिल्ला अध्यक्ष संजय खड्काले जनाएका छन् । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

    उक्त अवसरमा अध्यक्ष खड्काले सदस्य विद्यालयहरुको सुदृढिकरण गरे मात्र छाता संगठन पनि मजबुत हुन सक्ने भन्दै सदस्य विद्यालयहरुको “पूर्व प्राथमिक तह स्तरोन्नति” कार्यक्रम ल्याइएको जानकारी दिएका थिए । उक्त कार्यक्रमले विद्यालयहरुको स्तरोन्नति हुने उनले विस्वास व्यक्त गरेका छन् । अध्यक्ष खड्काले कार्यक्रममा नेशनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरुमा कोभिड-१९ को असर र विद्यालय बन्द हुँदा कसरी पठनपाठन प्रभावकारी बनाउने भन्ने विषयमा अन्तरक्रिया गरिएको जानकारी गराए ।

    अन्तरक्रिया कार्यक्रममा वर्तमान अवस्थामा कोभिड १९ का कारण शिक्षा क्षेत्र नै सबैभन्दा बढी मारमा परेको भन्दै सबै एकजुट भई यसका बिरुद्ध लड्नुको बिकल्प नभएको निष्कर्ष निकालिएको बताइएको छ ।  उक्त अवसरमा निवर्तमान जिल्ला अध्यक्ष तथा सल्लाहकार जिबि खड्का, उपाध्यक्ष शिवकृष्ण कवां, सचीव जय प्रकाश राई लगायत पदाधिकारी र एन प्याब्सन भक्तपुरका प्रिन्सिपलहरु सहभागी रहेका प्रिन्सिपल रमेश सिटौलाले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...