News Portal

  • विद्यार्थी निकेतनमा १२ सयले लगाए खोप, प्रमुख प्रजापति र सिडिओ शर्माद्वारा निरीक्षण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ पुस २०७८
    ७२९ पटक
    mordanaभक्तपुर, २९ पुस २०७८

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिडिओ रुद्रादेवी शर्माले खोप केन्द्रको स्थलगत अवलोकन गरेका छन् । विद्यार्थी लक्षित खोप केन्द्रको उनीहरुले स्थलगत अवलोकन गरेका हुन् ।

    विहीवार साकोथास्थित विद्यार्थी निकेतन मावि खोप केन्द्र पुगेका प्रमुख प्रजापति र सिडिओ शर्माले खोप केन्द्रको अवस्थाबारे जानकारी लिएका थिए । खोपप्रती विद्यार्थी र शिक्षकको धारणा एवं स्वास्थ्यकर्मीको काम र व्यवस्थापनको बारेमा बुझेका बताइएको छ । उनीहरुले उक्त अवसरमा आवश्यक निर्देशन समेत दिएका थिए । उक्त खोप केन्द्रबाट १ हजार २ सय बढी विद्यार्थीले खोप लिएका प्रधानाध्यापक सर्जनी जोशीले जानकारी गराइन ।

    प्रमुख प्रजापति र सिडिओ शर्माले विहीवार सल्लाघारीस्थित सैनिक महाविद्यालय र तेखापुखुस्थित मेधा माविमा रहेको खोप केन्द्रको समेत अवलोकन निरीक्षण गरी आवश्यक निर्देशन दिएका थिए । उक्त अवसरमा जिल्लास्थित सुरक्षा प्रमुखहरु, वडाध्यक्षहरु र नगर शिक्षा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    भक्तपुर नगरपालिकाले विद्यालयलाई खोप केन्द्र तोकी मंगलवारदेखि खोप कार्यक्रम संचालन गरेको छ । कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाउने उक्त कार्यक्रममा १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थी रहेका छन् । बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने खोप कार्यक्रममा खोप लगाउन विद्यार्थीहरुले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान बनाइएको नगर शिक्षा कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...