News Portal

  • जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ माघ २०७८
    ८५७ पटक
    rudra sharmaभक्तपुर, ६ माघ २०७८

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

    भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बिहीवार बसेको बैठकले उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय लिएको भक्तपुर जिल्ला प्रशासन कार्यालयकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरेले पुष्टि गरिन् ।

    यो व्यवस्था भोलि(शुक्रवार) राति १२ बजेदेखि चल्ने सवारी साधनहरूमा लागू गर्ने निर्णय गरिएको हो । जोरबिजोर प्रणाली अनुरुप सवारी चलाउन भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले आदेश जारी गरेकी छन् । सो आदेश बमोजिम जोर गते जोर नम्बरका सवारी र विजोर गते बिजोर नम्बरका सवारी गुड्न पाउने छन् । यो नियम अत्यावश्यक बाहेक सार्वजनिक र निजी सबै सवारीमा लागू हुने बताइएको छ ।

    सिडिओ शर्माले सर्वाजनिकं सवारीमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, चालक र सहचालकले अनिवार्य फेस सिल्ड समेत लाउन र मास्क नभएका यात्रु नबसाल्न आदेश गरेकी छन् । त्यसैगरी सार्वजनिक सवारीमा यात्रुले प्रयोग गर्न मिल्नेगरी सेनिटाइजरको व्यवस्था गर्न समेत आदेशमा भनिएको छ ।

    बुधवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले भक्तपुरका विभिन्न स्थानमा अनुगमन गरी मास्क नलगाउने यातायात व्यवसायी र यात्रुलगायत १ सय ५२ जनालाई कारवाही स्वरुप जरिवाना गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...