News Portal

  • एमाले भक्तपुरले ल्यायो कार्यकर्ता संरक्षण स्कीम

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, १५ माघ २०७८
    ९२९ पटक
    bachanभक्तपुर, १५ माघ २०७८

    नेकपा(एमाले) भक्तपुरका अध्यक्ष बचन देउजाले कार्यकर्ता संरक्षण योजना अघि सारेका छन् । कार्यकर्ता संरक्षणका लागि आर्थिक कोष नै खडा गरी काम गर्ने उनको योजना रहेको छ ।

    युवा नेता देउजा नेकपा(एमाले) भक्तपुरका निर्विरोध निर्वाचित अध्यक्ष हुन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार कार्यकर्ता संरक्षण कोषको घोषणा गरेका छन् । आफ्नो तर्फबाट कोषमा ५१ हजार रुपैयाँ जम्मा गरी उनले कार्यकर्ता संरक्षण कोष संचालन गर्ने उद्घोष गरेका पार्टीका चाँगुनारायण नगर उपाध्यक्ष जयराम बास्तोलाले बताए ।

    उक्त अवसरमा पार्टीका जिल्ला इन्चार्ज सोमप्रसाद मिश्र समेत उपस्थित रहेका बताइएको छ । मिश्रले पनि कोषमा आर्थिक योगदान गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । यद्यपी कोष खडा गर्ने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटिको निर्णय हो वा नेताहरुको व्यक्तिगत सोच हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन । सम्पूर्ण जनताको अप्ठ्यारोमा साथ् दिन प्रतिवद्ध राजनीतिक दल कार्यकर्तामुखी हुनु नहुने आफ्नो मत रहेको एमाले भक्तपुरका एक जिल्ला सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

    जिल्ला अध्यक्ष देउजाले कोष खडा गरी रकम संकलन गरिने र त्यसबाट कार्यकर्तालाई अप्ठ्यारो पर्दा सहयोग गर्ने उदेश्य रहेको बताएका छन् । एमाले भक्तपुरको कार्यकर्ता संरक्षण कोषको उदेश्य असल भएपनि यसको प्रभावाकारिता भने कार्यविधि कस्तो हुने भन्ने विषयमा भर पर्ने एमाले कार्यकर्ताहरु बताउँछन् ।

    पार्टी बिभाजन पछि कार्यकर्तालाई पार्टीप्रति आकर्षित गरिराख्न एमाले भक्तपुरले आर्थिक योजना अघि सार्नु बिचारलाई भन्दा भौतिक उत्प्रेरणालाई महत्व दिनु भएको भन्दै कतिपयले आलोचना समेत गरेका छन् । तीनै तहका निर्वाचन नजिकिदै गर्दा नेकपा(एमाले) भक्तपुरका अध्यक्ष बचन देउजाले अघि सारेको कर्पोरेट मोडलको कार्यकर्ता संरक्षण स्कीमलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...