News Portal

  • शिक्षाको राजधानी भएर पनि भक्तपुरका विद्यालयहरुले अवसर नपाएका नेता ढकालको गुनासो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ माघ २०७८
    ९७३ पटक
    भक्तपुर, १७ माघ २०७८

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का भक्तपुर अध्यक्ष डीपी ढकालले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटी जिल्लाको शैक्षिक समस्याबारे अवगत गराएका छन् ।

    सोमबार मन्त्री पौडेललाई भेटी उनले भक्तपुर शिक्षाको राजधानी भएर पनि यहाँका विद्यालयहरु भौतिक सुविधामा पछि परेका र प्राविधिक तथा व्यवसायिक धारको स्वीकृती पाउन नसकेका लगायत गुनासो गरे । प्राविधिक शिक्षा महँगो हुँदा सर्वसाधारणका छोराछोरी प्राविधिक शिक्षा पढ्न पाउने अधिकार बाट बन्चित हुने गरेको तथ्य उजागर गर्दै उनले तत्कालिन माओवादी शिक्षा मन्त्री दिनानाथ शर्माले शुरु गरेको विद्यालयमा प्राविधिक धारको कार्यक्रमलाई बिस्तार गरी प्राविधिक शिक्षालाई जनताको सहज पहुँचमा पुर्याउन आग्रह गरेका थिए ।

    नेता ढकालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भक्तपुरका विद्यालयहरुलाई प्राथमिकता दिई शैक्षिक सुधारका कार्यक्रमहरु उपलब्ध गराइदिन समेत अनुरोध गरे । उनले जिल्लाका विद्यालयहरुमा सूचना तथा संचार प्रविधि(आइसीटी) बिस्तारमा जोड दिन त्यसैगरी भौतिक पूर्वाधार, पुस्तकालय,प्रयोगशाला, कम्प्युटर लगायतको पर्याप्त व्यवस्था गरिदिन माग गरेका थिए ।

    उक्त अवसरमा नेता ढकालले मन्त्री पौडेललाई आफ्नो पुस्तक समाजबाद र नेपाल हस्तान्तरण गर्दै समाजबादी शिक्षा नीतिको लागि पहल गर्न समेत आग्रह गरे । शिक्षा मार्फत समाजबादको यात्रा सहज हुने भन्दै उनले सबैले पढ्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको कर्तब्य भएको उल्लेख गरे । उनले विद्यालय पछि उच्च शिक्षाका लागि विदेशिने क्रम रोक्न ठोस योजना ल्याउन र विद्यार्थीहरुलाई देशमै रहने बातावरण बनाउन समेत सुझाव दिएका थिए । पछिल्लो समय कोरोनाका कारण विद्यालय बन्द हुँदा बैकल्पिक माध्यमको पढाई प्रभावकारी हुन नसकेको बताउदै नेता ढकालले अनलाइनको पहुँचमा नरहेका विद्यार्थी अझ बढी विभेदमा परेका जानकारी गराए ।

    भेटमा मन्त्री पौडेलले मन्त्रालयले भक्तपुरलाई प्राथमिकता दिएर विद्यालयहरुमा शिक्षा सुधारका कार्यक्रम र प्राविधिक धारको स्वीकृती दिने प्रतिवद्धता प्रकट गरेका थिए । आफूले पूर्वप्राथमिक देखि विश्वविद्यालय सम्म सुधारको योजना माग गरेको र सोही बमोजिम सुधार गर्दैजाने अवगत गराउदै उनले आफ्नो कार्यकाल शिक्षाको क्षेत्रमा स्मरणीय हुने जिकिर समेत गरे ।

    उक्त अवसरमा माओवादी केन्द्रका नेता युवराज आचार्य, सरस्वती मावि थाकलमाथका प्रधानाध्यापक इन्द्रमणी गिरी, ठुली ब्रम्हायणि आधारभूत स्कूल सुडालका प्रधानाध्यापक हरि राउत र नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिर शुभचिन्तकको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...