News Portal

  • एमालेमै फर्किए कटुञ्जेका २ स्थानीय नेता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ माघ २०७८
    ८३६ पटक
    भक्तपुर, २५ माघ २०७८

    नेकपा (एमाले) विभाजित हुँदा नेकपा(एस) तर्फ लागेका सूर्यविनायक-५ कटुञ्जेका २ स्थानीय नेताहरु एमालेमै फर्किएका छन् । नेकपा(एस) का कटुञ्जे अध्यक्षसहित युवा संघका एक जिल्ला सदस्यसमेत पुरानै पार्टीमा फर्किएका हुन् ।

    यसरी नयाँ पार्टी परित्याग गर्नेमा नेकपा(एस) का कटुञ्जे अध्यक्ष शुव गुमान्जू र युवा संघका जिल्ला सदस्य नरेश गुमान्जू रहेका एमालेका जिल्ला सदस्य एवं वडाध्यक्ष राजकुमार जोशीले जानकारी गराए । नेता जोशीका अनुसार नेकपा(एस)परित्याग गरेका दुवै नेतालाई पुरानै जिम्मेवारीमा फर्काइएको हो ।

    स्थानीय निर्वाचन नजिकिदै गर्दा सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा एमालेको बर्चस्व कायमै राख्न नेकपा(एस)का नेताकार्यकर्तालाई पुरानै घरमा फर्काउन एमाले नेताहरु क्रियाशील देखिएका छन् । मंगलवार गुभान्जूद्वयलाई एमालेमा भित्राउन सफल भएपछि स्थानीय नेताहरु दंग देखिएका छन् ।

    नेकपा(एस)का जिल्ला अध्यक्ष श्याम बस्नेतले भने दास नै बन्छु भनेर फर्कनेहरुलाई रामराम भन्न सकिने तर काध थाप्न नसकिने प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...