News Portal

  • राखेपको सदस्य सचिवमा डा पोख्रेल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ माघ २०७८
    ६७७ पटक
    भक्तपुर, २७ माघ २०७८

    लमो समयदेखि नेतृत्वबिबाद हुँदा रिक्त सदस्य सचिव पदमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव डा. कमलप्रसाद पोख्रेल पुगेका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. पोख्रेललाई सदस्य सचिवको अधिकार प्रत्यायोजन गरेका हुन् । मन्त्री गहतराजले मन्त्रिपरिषद् बैठकमा पेश गरेको अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्ताव पास भए संगै परिषद अध्यक्ष समेत रहेका मन्त्री गहतराजले पोख्रेललाई सदस्य सचिवको अधिकार प्रत्यायोजन गरेका उनको सचिवालयले जनाएको छ ।

    सरकारले रमेश सिलवाललाई  बर्खास्त गरेर टङ्कलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको निर्णयविरुद्ध  सिलवाल सर्वोच्च अदालत पुगेपछि मुद्दा विचाराधीन अवस्थामा रहदा परिषद बिबादमा फसेको थियो । सोहीकारण राखेपका आर्थिक लगायत प्रशासनिक  कामकाज समेत ठप्प हुन पुगेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...