News Portal

  • नगर सभामा समेत एमसीसी सम्झौता खारेजीको माग

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २७ माघ २०७८
    ६०६ पटक
    nagar sabha bhaktapurभक्तपुर, २७ माघ २०७८

    नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट बिरुद्ध जनस्तरबाट बिरोध भैरहँदा भक्तपुर नगरपालिकाको ११ औं नगर सभाले समेत एमसीसी सम्झौता खारेजीको माग गरेको छ । नगरसभाका अध्यक्ष एवं नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको नगर सभाको बैठकमा सहभागी सबै नगरसभासद्हरुले एमसीसी खारेजीको माग गरेका हुन् ।

    सभाको विशेष समयमा बोल्दै सभासद् राजेन्द्र माकले राष्ट्रघाती एमसीसीको विरोध गर्नुपर्नाका कारणहरुबारे प्रष्ट पार्दै एमसीसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा औंल्याएका छन् ।

    सभासद् छोरीमैंया सुजखूले नेपालको सार्वभौमसत्ता रक्षाको लागि भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको थिचोमिचोविरुद्ध जनतालाई सचेत र संगठित पार्दै एमसीसी रोक्नुपर्ने बताइन ।

    त्यस्तै, सभासद् तुल्सीलक्ष्मी दुमरुले देशका शासक दल र तिनका नेताहरूको सत्ता स्वार्थका लागि विदेशी शक्तिसामू झुक्ने प्रवृत्तिले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा बढिरहेको आरोप लगाउदै त्यसका बिरुद्ध लाग्नुपर्नेमा जोड दिइन ।

    सभासद् पूर्णगोपाल राजचलले अमेरिकी अनुदानले कुनै पनि देशको आर्थिक अवस्था माथि नउठेको तथ्य प्रस्तुत गरे ।

    सोही क्रममा सभासद्हरु शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु र गोविन्द दुवालले एमसीसी अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त सैन्य रणनीतिको अंग भएको हुँदा तत्काल खारेज गर्नुपर्ने प्रष्ट पारे । नेपाल सरकारले श्रीलंकाबाट शिक्षा लिई छिटो एमसीसी सम्झौता खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ ।

    उक्त सभामा सभाध्यक्ष रहेका मेयर प्रजापतिले नगर सभा वैचारिक छलफल र संघर्ष गर्ने थलो भएको भन्दै बैठकमा राष्ट्रघाती एमसीसीको विरोधमा आफ्ना विचारहरु व्यक्त गर्ने सभासद्हरुलाई आफ्नो सांस्कृतिक र बौद्धिक विकासको लागि अझ थप अध्ययन अनुसन्धान गर्न प्रेरित गरेका थिए । शासक दलका नेताहरूको दलाली प्रवृत्तिकै कारण नेपाललाई अवाञ्चित किसिमको दबाब आइरहेको उल्लेख गर्दै उनले सबै जनतालाई संगठित गरी सरकारलाई खबरदारी गर्नुको बिकल्प नभएको बताए ।

    भक्तपुर नगरपालिकाका सबै जनप्रतिनिधि नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का तर्फबाट निर्वाचित नेताहरु हुन् । नेमकिपा सानो दलको रुपमा रहे पनि आफूहरुको विचारले विजय प्राप्त गर्ने उनीहरुले विश्वास व्यक्त गरेका छन् । नगर सभामा सहभागी सबै सभासदहरुले एमसीसी राष्ट्रघाती भएकोले खारेजीको माग गरेको भन्दै नगरप्रमुख प्रजापतिले सिंगो नगरसभा एमसीसीको विरुद्धमा भएको बताए ।

    नगरसभाको अर्को बैठक २०७८ फागुन ३ गते मंगलबार बस्ने गरी स्थगित भएको बताइएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...