News Portal

  • भक्तपुर वाइसिएलले आइतवार रक्तदान गर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ २०७८
    १०८६ पटक
    ycl bhaktapurभक्तपुर, २८ माघ २०७८

    २७ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुर वाइसिएलले रक्तदान गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर जिल्ला शाखाले आइतवार रक्तदान कार्यक्रमको तयारी गरेको हो ।

    पार्टीद्वारा संचालित महान जनयुद्धको अवसरमा वर्तमान महामारीको कारण उत्पन्न रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको वाइसियलको भक्तपुर जिल्ला संयोजक नरेश रन्जितले जानकारी गराए ।

    आइतवार मध्यपुर थिमीको राधेयराधेयस्थित भाटभाटेनी कम्लेक्सको प्रांगणमा रक्तदान गरिने कार्यक्रम तय गरिएको उनले जनाएका छन् । संयोजक रन्जितले उक्त अवसरमा रक्तदान गर्न जिल्लाका वाइसिएल कार्यकर्ताहरुलाई खबर गरिसकिएको समेत बताए । रक्तदान नै जीवन दान भएको भन्दै उनले कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...