News Portal

  • एमसीसी बिरोधी प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन
    १२७५ पटक
    भक्तपुर, ४ फागुन

    अमेरिकी सहयोग कार्यक्रम एमसीसीको बिरोधमा भएको प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते भएकी छन् । प्रदर्शनको क्रममा प्रहरीको दमन भएपछि उनी घाइते भएकी हुन् ।

    एमसीसी संसदमा टेबल नगर्न दबाब स्वरुप बुधवार नेकपा (माओवादी केन्द्र)को युवा र विद्यार्थीको नयाँ बानेश्वर स्थित संसद भवन घेराउ कार्यक्रममा विद्यार्थी नेता नमूना सापकोटा घाइते भएकी आयोजकले जनाएको हो । अखिल (क्रान्तिकारी) भक्तपुरकी कोषाध्यक्ष रहेकी सापकोटामाथि बिरोध प्रदर्शनको क्रममा प्रहरीले लाठि हानेको र  उनी घाइते भएकी अखिल क्रान्तिकारी भक्तपुरका अध्यक्ष प्रदिप तजले पुष्टि गरे ।

    प्रहरीको लाठि प्रहारबाट सापकोटाको हात र काधमा फ्याक्चर भएको उनले बताए  । सापकोटा उपचारपछि स्वास्थ्य लाभ गरिरहेकी छन् ।

    विद्यार्थी नेता सापकोटा लगायत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम आयोजक वाइसिएल र अखिल क्रान्तिकारीले एक प्रेस बिज्ञप्ति मार्फत प्रहरी दमनको घोर भत्सर्ना गरेका छन् । साथै, एमसीसी अगाडि बढाइए सशक्त आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...