अमेरिकी सहयोग कार्यक्रम एमसीसीको बिरोधमा भएको प्रदर्शनमा भक्तपुरकी विद्यार्थी नेता घाइते भएकी छन् । प्रदर्शनको क्रममा प्रहरीको दमन भएपछि उनी घाइते भएकी हुन् ।
एमसीसी संसदमा टेबल नगर्न दबाब स्वरुप बुधवार नेकपा (माओवादी केन्द्र)को युवा र विद्यार्थीको नयाँ बानेश्वर स्थित संसद भवन घेराउ कार्यक्रममा विद्यार्थी नेता नमूना सापकोटा घाइते भएकी आयोजकले जनाएको हो । अखिल (क्रान्तिकारी) भक्तपुरकी कोषाध्यक्ष रहेकी सापकोटामाथि बिरोध प्रदर्शनको क्रममा प्रहरीले लाठि हानेको र उनी घाइते भएकी अखिल क्रान्तिकारी भक्तपुरका अध्यक्ष प्रदिप तजले पुष्टि गरे ।
प्रहरीको लाठि प्रहारबाट सापकोटाको हात र काधमा फ्याक्चर भएको उनले बताए । सापकोटा उपचारपछि स्वास्थ्य लाभ गरिरहेकी छन् ।
विद्यार्थी नेता सापकोटा लगायत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कार्यक्रम आयोजक वाइसिएल र अखिल क्रान्तिकारीले एक प्रेस बिज्ञप्ति मार्फत प्रहरी दमनको घोर भत्सर्ना गरेका छन् । साथै, एमसीसी अगाडि बढाइए सशक्त आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।