News Portal

  • भक्तपुरकी सहायक सिडिओ परियारले पाइन् सिडिओको जिम्मेवारी

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ५ फागुन २०७८
    १८२५ पटक
    sita pariyarभक्तपुर, ५ फागुन २०७८

    भक्तपुरकी सहायक सिडिओ सीता परियारले हुम्ला जिल्लाको सिडिओको जिम्मेवारी पाएकी छन् । गृह मन्त्रालयले उनलाई सिडिओको जिम्मेवारी सहित भक्तपुर बाट सरुवा गर्ने निर्णय गरेको हो ।

    हुम्लाको सिडिओ भएसंगै उनी दलित समुदायबाट उक्त जिम्मेवारीमा पुग्ने पहिलो महिला बनेकी छन् । भक्तपुरमा सहायक सिडिओ हुनु अघि उनी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रहेकी थिइन् ।

    शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी कास्कीकी परियार नेपाली काँग्रेसका केन्द्रीय सहसचिव जीवन परियारकी जीवन संगिनी समेत हुन् ।

    भक्तपुरमा सिडिओ रुद्रादेवी शर्मा, सहायक सिडिओ सीता परियार, प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा र प्रशासकीय अधिकृत समेत महिला रहेको सेटले दैनिक कार्यसम्पादनको अलावा कोभिड १९ को तेस्रो लहर नियन्त्रण र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न गरेको कार्यसम्पादन प्रशंसनीय मानिएको छ । यसले पुरुषहरु भन्दा महिला कर्मचारी क्षमतामा कम नभएको पुष्टि भएको देखिन्छ । भक्तपुरमा सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि उनी सिडिओ बन्ने योग्यतामा पुगेकी बताइन्छ ।

    भक्तपुरको सहायक सिडिओ सीता परियारलाई हुम्ला जिल्लाको सिडिओको जिम्मेवारी सहित सरुवा गरेको गृह मन्त्रालयले उनको ठाउँमा भने बर्दियाबाट प्रेम प्रसाद देवकोटालाई सरुवा गरी ल्याउने निर्णय गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले...

    क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित

    काठमाडौको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित...

    एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित

    नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१...

    अन्नको सम्मान गर्ने पर्व सकिमना पुन्ही सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा रहेको सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) सम्पन्न भएको छ ।...

    ट्राफिक प्रहरीलाई प्रदेश सरकारको ५ सय स्मार्ट फोन, डिजिटल लाइसेन्स जाचमा प्रयोग हुने

    बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी...