News Portal

  • भक्तपुरकी सहायक सिडिओ परियारले पाइन् सिडिओको जिम्मेवारी

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ५ फागुन २०७८
    २००८ पटक
    sita pariyarभक्तपुर, ५ फागुन २०७८

    भक्तपुरकी सहायक सिडिओ सीता परियारले हुम्ला जिल्लाको सिडिओको जिम्मेवारी पाएकी छन् । गृह मन्त्रालयले उनलाई सिडिओको जिम्मेवारी सहित भक्तपुर बाट सरुवा गर्ने निर्णय गरेको हो ।

    हुम्लाको सिडिओ भएसंगै उनी दलित समुदायबाट उक्त जिम्मेवारीमा पुग्ने पहिलो महिला बनेकी छन् । भक्तपुरमा सहायक सिडिओ हुनु अघि उनी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रहेकी थिइन् ।

    शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी कास्कीकी परियार नेपाली काँग्रेसका केन्द्रीय सहसचिव जीवन परियारकी जीवन संगिनी समेत हुन् ।

    भक्तपुरमा सिडिओ रुद्रादेवी शर्मा, सहायक सिडिओ सीता परियार, प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा र प्रशासकीय अधिकृत समेत महिला रहेको सेटले दैनिक कार्यसम्पादनको अलावा कोभिड १९ को तेस्रो लहर नियन्त्रण र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न गरेको कार्यसम्पादन प्रशंसनीय मानिएको छ । यसले पुरुषहरु भन्दा महिला कर्मचारी क्षमतामा कम नभएको पुष्टि भएको देखिन्छ । भक्तपुरमा सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि उनी सिडिओ बन्ने योग्यतामा पुगेकी बताइन्छ ।

    भक्तपुरको सहायक सिडिओ सीता परियारलाई हुम्ला जिल्लाको सिडिओको जिम्मेवारी सहित सरुवा गरेको गृह मन्त्रालयले उनको ठाउँमा भने बर्दियाबाट प्रेम प्रसाद देवकोटालाई सरुवा गरी ल्याउने निर्णय गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...