News Portal

  • प्रहरीले नियन्त्रणमा लिएको ८ घण्टा पछि वाइसिएल भक्तपुरका सचिव उप्रेती रिहा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ फागुन २०७८
    १३४६ पटक
    भक्तपुर, ८ फागुन २०७८

    बिबादित अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा सडक संघर्ष गरिरहेका भक्तपुरका युवा नेता सरराज उप्रेती प्रहरी हिरासत मुक्त भएका छन् । नियन्त्रणमा लिएको करिब ८ घण्टा पछि उनलाई मुक्त गरिएको हो ।

    आइतवार विरोध प्रदर्शनका क्रममा नयाँ बानेश्वर बाट प्रहरीले उप्रेतीलाई पक्राउ गरी अनामनगरस्थित महानगरीय प्रहरी वृत्तमा पुर्याएको थियो । सडकमा ससक्त प्रदर्शनमा उत्रेका उप्रेतीलाई प्रहरीले दिउसो २ बजे नियन्त्रणमा लिएको थियो ।

    उप्रेती नेकपा(माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपाल भक्तपुरका जिल्ला सचिव हुन् । मार्सल आर्टका खेलाडी समेत रहेका उप्रेतीलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेपछि वाइसिएल नेताहरुले आफ्नो कार्यकर्तालाई झुटो मुद्दामा फसाउने षड्यन्त्र नगर्न चेतावनी दिएका थिए ।

    उप्रेती रिहा भएसंगै उनलाई स्वागत गर्न वाइसिएल भक्तपुरको टोली अनामनगर पुगेको वाइसिएल भक्तपुरका संयोजक नरेश रंजीतले जानकारी दिए । उप्रेतीलाई दिउसो २ बजे नियन्त्रणमा लिएको प्रहरीले राति १०ः२० बजे रिहा गरेको उनले बताए ।

    आइतवार संसदमा एमसीसी टेबल गर्न नदिन दबाबस्वरुप युवा र विद्यार्थीहरु सडकमा आन्दोलित बनेका थिए । दिनभर प्रदर्शनकारी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा बानेश्वर क्षेत्र रणमैदान जस्तै बनेको थियो । यद्यपी, बिबाद र बिरोधका बाबजूद सरकारले संसदमा एमसीसीलाइ प्रवेश गराउन भने सफल भएको छ ।

    बिरोध प्रदर्शनको क्रममा प्रहरी दमनमा परी वाइसिएल भक्तपुरका इन्चार्ज दिनेश थपलिया आक्रोश, संयोजक नरेश रंजित,सचिव सरराज उप्रेती, प्रदेश सदस्य दिपेश लामिछाने,सुष्मा श्रेष्ठ लगायत घाइते भएका छन् । अहिले उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...