News Portal

  • मध्यपुरमा लोकगायक एवं कलाकार लामाको रहस्यमय निधन

    भक्तपुर, ११ फागुन २०७८
    ७०५ पटक
    भक्तपुर, ११ फागुन २०७८

    राष्ट्रिय लोक गायक एवं कलाकार जयनन्द लामाको रहस्यमय निधन भएको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नं. १ लोकन्थलीस्थित आफ्नै घर अगाडि उनको शव फेला परेको हो ।

    मंगलवार साँझ बैठकका लागि बौद्ध जाने भन्दै घरबाट बाहिरिएका ६६ वर्षीय लामाको शव बुधवार बिहान आफ्नै घर अगाडि फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी राजु पाण्डेले पुष्टि गरे । घरको गेट अगाडि बिहान७:०५ बजे आफन्तले हेर्दा बा ३ च ७७४१ नं.को मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरिर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा उनको शव फेला परेको डिएसपी पाण्डेले जानकारी दिए ।

    सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटीई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भईरहेको र पोस्ट मार्टमको रिपोर्ट आएपछि अनुसन्धान सजिलो हुने प्रहरीको भनाइ छ ।

    सिन्धुपाल्चोकको बाह्र बिसेमा जन्मिएका लामा लोकन्थलीमा बस्दै आएका थिए । पछिल्लो समय टेलिफिल्म हल्का रमाइलोमार्फत कला पस्किरहेका उनी ख्यातिप्राप्त लोकगायक समेत हुन् । उनका लोकगीतहरु पानको पात ,कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ , पानीमुनि घुमाउने साँचो, मुलाको चाना उही चाना, केको साँचो डल्ली रेशम लगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...