News Portal

  • भक्तपुरमा विद्यार्थीको मसाल जुलुस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ फागुन २०७८
    ११७७ पटक
    भक्तपुर, ११ फागुन २०७८

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले भक्तपुरमा मसाल जुलुस गरेको छ । क्रान्तिकारी विद्यार्थीहरुले भक्तपुरको सानोठिमीस्थित सडकमा मसाल जुलुस गरेका हुन् ।

    भोलि बिहीवार संसदमा एमसीसीमाथि छलफलको कार्यतालिका रहेकोले त्यसको विरुद्धमा बुधबार साझ मसाल जुलुस गरिएको अखिल(क्रान्तिकारी) का भक्तपुर जिल्ला उपाध्यक्ष मासबहादुर लामाले बताए । उक्त अवसरमा विद्यार्थीहरुले एमसीसी चाहिदैन देश बेच्न पाइदैन, गो ब्याक एमसीसी लगायतका नारा लगाएका थिए ।

    बिहीवार बानेश्वरस्थित संसद भवन घेराउको पूर्वनिर्धारित बिरोध कार्यक्रमको तयारीस्वरुप मसाल जुलुस गरिएको उपाध्यक्ष लामाको भनाइ छ । अखिल(क्रान्तिकारी)ले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सम्पूर्ण विद्यार्थीहरु यसको विरुद्धमा आन्दोलित हुनुको बिकल्प नभएको बताएको छ । अखिल(क्रान्तिकारी) भक्तपुरका अध्यक्ष प्रदिप तजले बानेश्वरकेन्द्रीत आन्दोलनमा सहभागी हुन आम विद्यार्थी वर्गमा अपिल समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...