News Portal

  • काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको जीवनदाता सहकारीको सेवा शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ फागुन २०७८
    १२५० पटक
    भक्तपुर, ११ फागुन २०७८

    काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको नयाँ सहकारी संचालनमा आएको छ । काठमाडौं,ललितपुर र भक्तपुर कार्यक्षेत्र बनाई जीवनदाता बहुउदेश्यीय सहकारी संस्था संचालनमा आएको हो ।

    काठमाडौंको नयाँ बानेश्वरमा मूख्य कार्यालय रहेको उक्त सहकारीको शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।‘वित्तीय सम्वृद्धिको चाहना, जीवनदाताको कामना’ भन्ने उद्घार सहित स्थापित भएको जीवानदाताले सदस्यहरुको वित्तीय जीवनमा खुशीयाली ल्याउने अपेक्षा गरिएको छ ।

    शुक्रवार सस्थाको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशकै आर्थिक विकासका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले तीन खम्बे अर्थनीति मध्येको एक खम्बाको रुपमा सहकारी क्षेत्र रहेको स्पष्ट पार्दै सरकारले सहकारीको विकासका लागि कुनै कसर बाकी नराख्ने बताए । केहि सहकारी संचालकहरुको बदमाशीका कारण सहकारी क्षेत्रले बदनामी कमाएको बताउदै उनले जीवनदाता बहुउदेश्यीय सहकारी संस्थाले पारदर्शी तरिकाले वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । व्यक्तिगत स्वार्थ त्यागेर सदस्यहरुको हित हुने गरी वित्तीय सेवा प्रवाह गर्न र सङ्कलित रकमलाई उत्पादनको क्षेत्रमा लगानी गर्न उनले सुझाव दिएका थिए ।

    २ करोड रुपैयाँ चुक्ता पुँजी रहनेगरी संचालन अनुमति पाएको यस जीवनदाता बहुउदेश्यीय सहकारी संस्थाले सुरुवातमै ५ करोड पुँजी पुर्याईसकेको सचिव कुमार सिग्देलले जनाएका छन् । सचिव सिग्देलका अनुसार सस्था उत्पादन एस्म रोजगारी सिर्जना गर्नेक्षेत्रमा लगानी प्रवर्द्धन गर्ने नीति बमोजिम गुणस्तरीय र विश्वसनीय वित्तीय सेवा प्रवाह गर्न प्रतिवद्ध छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...