News Portal

  • भक्तपुर कप फुटबलको उपाधि भक्तपुर एफसीको हातमा

    भक्तपुर, १५ फागुन २०७८
    ७८२ पटक

    भक्तपुर कप फुटबलको उपाधि भक्तपुर फुटबल क्लव (भक्तपुर एफसी) को हातमा परेको छ । फाइनल खेलमा भक्तपुर एफसीले आयोजक भक्तपुर युवा टिमलाई शनिबार ३—१ गोलको अन्तरले पराजित गरेको हो ।
    खेलको निर्धारित समयसम्म दुवै टिमले कुनै पनि गोल गर्न सकेन । त्यसपछि टाइब्रेकरको आधारमा खेलको नजिता निस्केको हो । पेनाल्टीमा भक्तपुर एफसीले तीन गोल गर्न सफल भएको थियो भने आयोजक भक्तपुर युवा टिमले एउटा मात्रै गोलमा चित वुझाउन बाध्य भयो ।

    विजयी भक्तपुर एफसीकोतर्फबाट जर्सी नं ११ का दीपेन्द्र माझीले पहिलो पेनाल्टी गोल गरी विजय यात्राको प्रारम्भ गरेको थियो । यसरी विजेता भक्तपुर एफसीकोतर्फबाट अर्काे गोल जर्सी नं १६ का अजय चौधरीले गरे भने अर्काे थप गोल जर्सी नं १० का उदिप्त चौधरीले गरे । तर यता आयोजक भक्तपुर युवा टिमबाट जर्सी नं ११ का सुजन गोसाईले एक गोल मात्र गर्न सफल भए । यसरी आयोजक भक्तपुर युवा टिम दोश्रो स्थानमा सिमित रहन बाध्य भए ।

    प्रतियोगितामा अनुशाशित टिम एफसी रेले, उदयीमान खेलाडी भक्तपुर एफसी क्वलका जानमी धामी, म्यान अफ द म्याच भक्तपुर एफसी क्लबका रुविन वोगटी, वेष्ट गोल किपर भक्तपुर एफसीको रविन वोगटी, वेष्ट मिड फिल्डर भक्तपुर युवा टिमका विकास लामा, वेष्ट डिफेन्डर भक्तपुर युवा टिमका सविन खड्का, बेष्ट प्लेयर अफ म्याच भक्तपुर युवा टिमका किशोर सुवाल, वेष्ट कोच भक्तपुर एफसीको रवि कवां घोषित भए ।
    प्रतियोगितमा प्रथम हुन सफल भक्तपुर एफसीले भक्तपुर कपका साथै एक लाख १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाए । फाइनलमा पराजित भई दोश्रो हुने आयोजक भक्तपुुर युवा टिमले ५५ हजार नगद प्राप्त गरेका छन् । उनीहरु सवैलाई संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका १६ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो ।

    प्रतियोगिताको पहिलो पुरस्कारका लागि लक्ष्मण अवाल र प्रविण कुस्माले संयुक्त रुपमा नदगको व्यवस्था गरिदिएका थिए । त्यस्तै दोश्रो पुरस्कार ५५ हजारका लागि शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको थियो । त्यस्तै प्रतियोगिताका लागि भक्तपुर इटा उद्योग व्यवसायी संघ, भक्तपुर टक व्यवसाय प्रालि, भक्तपुर नगरपालिका, ख्व्प अस्पताल, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीएस ऐग टाइ, गोर्खा इको प्यानललगायले सहयोग गरेको आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...