News Portal

  • प्याब्सनको बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका कार्की निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ फागुन २०७८
    ८६३ पटक
    सानुराजाभक्तपुर, २७ फागुन २०७८

    निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका प्याब्सनिष्ट निर्वाचित भएका छन । प्याब्सनको बागमती प्रदेशको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।

    बागमती प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा सूर्यविनायक-७ गुण्डु स्थित लिटिल गार्डेन स्कूलका सस्थापक प्रिन्सिपल सानुराजा कार्की रहेका छन् । उनी अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष दिनेश मैनालीले पुष्टि गरे ।

    नवनिर्वाचित प्रदेश उपाध्यक्ष कार्की सूर्यविनायक नगर प्याब्सनका निवर्तमान अध्यक्ष हुन् । प्याब्सनको संगठन निर्माण र विकासमा जोड दिंदै आएका उनी जिल्ला कार्यसमिति बाट नगर नेतृत्वमा झरेका थिए । पदलाई भन्दा संगठनको आवश्यकतालाई महत्व दिने उनको स्वभावका कारण प्याब्सनको जिल्ला मात्र नभई केन्द्रीय नेतृत्व नै कार्कीलाई सर्वसम्मत निर्वाचित गर्न लागेको थियो ।

    कार्की प्याब्सनका नेताका अलावा सफल विद्यालय संचालक समेत हुन् । उनले ग्रामिण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षाका लागि आफ्नो विद्यालयलाई अब्बल सावित गर्न सकेका छन् । विद्यालय संचालनलाई विशुद्ध व्यवसाय नभई सेवाको रुपमा अघि बढाइरहेका कार्की एक उदाहरणीय शिक्षासेवी समेत  हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...