News Portal

  • कांग्रेसलाई लाग्यो चुनाव : भक्तपुरमा घरघर जाऔं,कांग्रेस जिताऔं अभियान शुरु

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २९ फागुन २०७८
    १२५४ पटक
    भक्तपुर, २९ फागुन २०७८

    सत्तारुढ दल नेपाली कांग्रेसलाई चुनाव लागेको छ । कांग्रेसले देशैभर एकसाथ घर घर जाऔं, कांग्रेस जिताऔं अभियान नै शुरु गरेको छ । आइतबार दिउँसो १ बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवाले अभियान शुरु भएको घोषणा गरेका हुन् ।  केन्द्रीय कार्यक्रमको रुपमा रहेको अभियान भक्तपुरमा समेत शुरु भएको हो ।

    भक्तपुरमा कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले एक कार्यक्रमका बीच अभियान शुभारम्भ गरेका छन् । भनपा-१ सल्लाघारीस्थित एक ब्यान्क्वेट्मा आयोजित अभियान शुभारम्भ कार्यक्रममा आउनु अघि पार्टी कार्यालय बाट कांग्रेसले बाजागाजा सहित र्याली निकालेको थियो । नेता बस्नेतलाई  केन्द्रले अभियानको भक्तपुर कमान्डर बनाएर पठाएको हो  ।

    अभियान शुभारम्भ कार्यक्रमलाई    सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेता बस्नेतले भक्तपुरमा पार्टीलाई जिताउन आफूले संगठकको काम गर्ने तर हस्तक्षेप नगर्ने स्पष्ट पारे । आफू टिकट बाढ्न नभइ पार्टी बनाउन आएको उनको भनाइ छ ।

    नेता बस्नेतले कम्युनिस्टहरु नक्कली रास्ट्रवादी भएका र उनीहरुको नकाब उतार्ने काम कांग्रेसले गर्नुपर्ने बताए । पार्टीले २००७ साल देखि हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको इतिहास स्मरण गर्दै उनले पछिल्लो समय गणतन्त्र ल्याउन र संविधान बनाउन पनि आफ्नै सभापतिहरुको नेतृत्व भएकोमा गर्व गर्नुपर्ने जिकिर गरे ।

    उक्त अवसरमा कार्यक्रमको सभापति समेत रहेका पार्टीको जिल्ला सभापति दुर्लभ थापाले कांग्रेस जङ्गलमा बाघ जस्तै नेपालको नेतृत्वदायी पार्टी भएको भन्दै अरु पार्टीहरु कांग्रेसदेखि डराइरहेका दावी गरे । उनले आफ्नो पार्टी कार्यकर्ताहरुलाई भक्तपुरको स्थानीय निर्वाचनमा केन्द्रीय हुन र प्रत्येक घरमा पुगेर पार्टीले गरेका कामको प्रचार गर्न निर्देशन समेत दिए ।

    नेताको घरमा चहार्ने प्रवित्ति त्याग्न आग्रह गर्दै सभापति थापाले नेतासंग नभई जनतासंग नजिक भएकाले मात्र यसपटक उम्मेदवारको टिकट पाउने समेत प्रष्ट पारे । त्यतिमात्र होइन, उनले पटकपटक एउटै नेतालाई अवसर नदिइने उद्घोष गर्दै योग्य पात्रलाई क्रमशः  उम्मेदवारी दिदै पार्टीमा नेतृत्व विकासको प्रक्रिया अघि बढाइने दावी गरे ।                                             कार्यक्रममा पूर्व सभापतिहरु महेश श्रेष्ठ,गणेशमान चक्रधर त्यसैगरी प्रभावशाली नेता अष्टकुमार कबे लगायतले कांग्रेसको समस्या कांग्रेस आफै भएको भन्दै कांग्रेस एकजुट भए भक्तपुरमा कसैले हराउन नसक्ने समेत जिकिर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...