News Portal

  • भक्तपुरको सल्लाघारीमा कोभिडका कारण रोकिएको मेला यो वर्ष संचालन गर्ने घोषणा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ चैत २०७८
    ९७९ पटक
    भक्तपुर, ९ चैत २०७८

    भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुने भएको छ । बिगत वर्षमा कोभिड-१९ का कारण रोकिएको मेलाले यो वर्ष भने निरन्तरता पाउने भएको हो ।

    ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नाराका साथ नयाँ वर्षको आगमनसंगै भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनीमा मेला आयोजना गरिने आयोजकले बुधबार एक पत्रकार सम्मेलन मार्फत बताएको छ । औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा छैठौं पटक भक्तपुर औधोगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्ने पत्रकार सम्मेलनमा घोषणा गरिएको हो ।

    भक्तपुर ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भएको र मेलाले यसको प्रचारप्रसारमा सहयोग हुने मेला आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिए । उनका अनुसार मेला चैत २४ गतेदेखि बैशाख ४ गतेसम्म संचालन गर्ने तयारी रहेको छ ।

    मेलामा २ सय भन्दा बढी स्टल राखिने र करिब ३ लाख भन्दा बढी उपभोक्ताले प्रत्यक्ष अवलोकन गरी सेवा लिने अनुमान आयोजकको रहेको छ । उक्त अवसरमा करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको छ ।

    मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको आयोजक संस्था औधोगिक शान्ति नेपालका अध्यक्ष संदीप महतले जानकारी गराएका छन् । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटे पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउँ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत गायनको विशेष प्रस्तुती रहने बताइएको छ ।

    उक्त अवसरमा मेलाका निर्देशक सुनिल बज्राचार्यले मेला विशुद्ध ब्यापारिक उदेश्यले नभई सेवाको भावनाले समेत संचालन गर्न लागिएको बताए । मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराईनुका साथै मनोरञ्जन र सामाजिक सेवाका बिबिध कार्यक्रम गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...