News Portal

  • भक्तपुरमा उम्मेद्वारी दिने विषयमा गठबन्धनबीच सहमती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ बैशाख २०७८
    २४३६ पटक
    भक्तपुर, ११ बैशाख २०७८

    भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रमुख र उपप्रमुख पदको उम्मेद्वारी दिने विषयमा सहमती गरेको छ । आइतवार जिल्लाका ३ नगरमा प्रमुख र उपप्रमुख कुन दलले पाउने भन्ने विषयमा सहमती भएको हो ।

    गठबन्धनले भक्तपुरका ३ नगरको बाडफाड गर्दा ३ वटै नगर प्रमुख नेपाली काँग्रेसले पाउन सफल भएको छ । नेकपा(एकीकृत समाजवादी) ले २ नगरको उपप्रमुख पाएको छ भने नेकपा(माओवादी केन्द्र)ले १ नगरको उपप्रमुखमै चित्त बुझाएको छ । यद्यपी सहमती हुन बाँकी चाँगुनारायणमा माओवादीले उपप्रमुखको दावी गरिरहेको छ । यसरी हेर्दा गठबन्धनमा काँग्रेसको भागमै ४ वटै नगरको प्रमुख परेको छ भने माओवादी केन्द्रले २ उपप्रमुख र एकीकृत समाजवादीले २ उप प्रमुख पाएका छन् ।

    भक्तपुर नगरपालिकाको प्रमुख नेपाली काँग्रेसले पाउने सहमती भएको छ भने उपप्रमुख पद नेकपा(एकीकृत समाजवादी) को भागमा परेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रमुख पनि काँग्रेस ले पाएको छ त्यहाँको उपप्रमुख नेकपा(माओवादी केन्द्र)ले पाएको छ । त्यसैगरी सूर्यविनायक नगरपालिकामा समेत प्रमुख काँग्रेसकै पोल्टामा परेको छ भने उपप्रमुख पद एकीकृत समाजवादीलाई हात लागेको छ ।

    बाडफाड हुन बाँकी चाँगुनारायण नगरपालिकाको प्रमुख नेपाली काँग्रेस र उपप्रमुख नेकपा(माओवादी केन्द्र) ले पाउने समेत श्रोतले जनाएको छ । चाँगुनारायणमा राप्रपा समेत गठबन्धनमा सहभागी हुन इच्छुक भएपछि राप्रपालाई ल्याउन अन्तिम प्रयास भैरहेको बुझिएको छ । राप्रपालाई गत उपनिर्वाचनका बेला चाँगुनारायणमा प्रमुख दिने काँग्रेसले लिखित सहमती नै गरेकोले काँग्रेस दोधारमा देखिन्छ । उपप्रमुख प्रस्ताव गरेपनि राप्रपाले मानेको छैन । राप्रपाका सहमहामन्त्री रहेका चाँगुनारायणका नेता रवीन्द्रप्रताप शाह नै उम्मेदवार बन्न खोजेकाले उनले प्रमुख बाहेकमा नमान्ने अडान यथावत राखेका छन् । शाहले भक्तपुरमा छ दलीय गठबन्धन बन्नसक्ने धारणा ३ दिन अघि सार्वजनिक गरिसकेका छन् । भक्तपुर पोस्ट संग कुरा गर्दै शाहले चाँगुनारायणमा वडाको उम्मेदवार टुंगो लागेपनि मेयर उपमेयर सोमबार मात्र टुंगो लाग्ने बताए । नेपाली काँग्रेससंग भएको अघिल्लो सहमती कायम हुने उनले विश्वास व्यक्त गरे ।

    भोलि सोमबार उम्मेद्वारी दिने अन्तिम दिन भएकोले बिहान सम्म यो विषय टुंगो लाग्ने नेपाली काँग्रेसका एक जिल्ला नेताले भक्तपुर पोस्टलाई जानकारी दिए । राप्रपासमेत गठबन्धनमा सामेल भए माओवादी केन्द्रले चाँगुनारायणको उपप्रमुख दावी नगर्ने संकेत गरिसकेको उनले जानकारी दिए । माओवादी केन्द्रले हदैसम्म लचक भएर गठबन्धन अघि बढाउँन सहयोग गरिरहेको बताइन्छ । माओवादी केन्द्रका भक्तपुर जिल्ला संयोजक सुनिल बासुले भने आफूहरुले चाँगु नारायणमा उपप्रमुख नछाड्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...