News Portal

  • सूर्यविनायकमा हेभिवेट भिडन्त

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, १२ बैशाख २०७९
    ५४४८ पटक
    suryabinayak municipalityसूर्यविनायक, १२ बैशाख २०७९

    भक्तपुरको सूर्यविनायक नगरपालिकामा निवर्तमान मेयर बासुदेव थापाले पुन उम्मेद्वारी दर्ता गराएका छन् । उनले नेकपा(एमाले)को तर्फ बाट उम्मेद्वारी दिएका हुन् ।

    एमालेबाट अधिकांश पहिले जितेका जनप्रतिधिहरुले दोहोर्याउने इच्छा देखाएपछि पार्टीले उनीहरुलाई नै उम्मेद्वारी दिएको हो । वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका नेता किरण थापाले मेयर पदमा उम्मेद्वारी दिन प्रयास गरेपनि पार्टीका जिल्ला सचिव रहेका निवर्तमान मेयर बासुदेव थापा अन्तत उम्मेदवार बन्न सफल भएका छन् । निर्वाचित मेयर रहिसकेका उनी हेभी उम्मेदवार हुन् । उनले आफूलाई मेयरले गर्ने कामको अनुभव भएकोले आगामी दिनमा अझ राम्रोसंग काम गर्नसक्ने दावी गर्दै उम्मेद्वारी दिएका हुन् ।

    उनको उपमेयरमा भने एमाले नेत्री सरिता भट्टराईले उम्मेद्वारी दिएकी छन् । भट्टराई सूनपा २ की बासिन्दा हुन् ।

    यस अघि सूर्यविनायकको मेयर र उपमेयर दुवै नेकपा(एमाले)ले जित्न सफल भएको थियो । सोही इतिहास दोहोरिनेमा बिस्वस्त छन् बासुदेव थापा । तर, यसपटक उनले गठबन्धनका तर्फबाट हेभिवेट उम्मेदवारसंग भिड्नु पर्ने भएको छ । नेपाली काँग्रेसका सूर्यविनायक नगर सभापति निशान ढुंगेलले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिका सचिव नै रहिसकेका ढुंगेल मेयरको तयारी गर्न गत अधिवेशनबाट नगरमा झरेका नेता हुन् । सबैसंग घुलमिल हुनसक्ने हँसमुख स्वभावका कटुन्जे निवासी पुराना काँग्रेस नेता ढुंगेल माथि पहुँच र तल जनाधार भएका हेभिवेट उम्मेदवार मानिन्छन ।

    यद्यपी, सूर्यविनायक नगरपालिकामा पाँच दलीय गठबन्धनको एक घटक नेकपा(माओवादी केन्द्र) ले छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । माओवादी केन्द्रबाट मेयरमा कल्पदीप राई र उपमेयरमा नमूना चौलागाईले उम्मेद्वारी दर्ता गराएका छन् । माओवादी केन्द्रले मेयर र उपमेयरमा उम्मेद्वारी नदिने प्रदेश स्तरीय सहमती गरिसकेको सूर्यविनायकमा माओवादी केन्द्रको उम्मेद्वारी परेपछि त्यसलाई मिलाउनुपर्ने दायित्व पनि ढुंगेलले बहन गर्नुपर्ने छ । त्यतिमात्र होइन, मेयरको आकांक्षी रहेका पार्टीका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले नेपाली काँग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकाले आफ्नै पार्टीलाई एकढिक्का बनाइराख्ने चुनौती ढुंगेल सामू देखिएको छ ।

    गठबन्धनको उपमेयरमा नेकपा(एकीकृत समाजवादी)का भक्तपुर अध्यक्ष नै रहेका युवा नेता श्यामसुन्दर बस्नेतको उम्मेद्वारी परेको छ । यस अघि नेकपा(एमाले)बाट उनकै भाउजू जुना बस्नेत उपमेयर भएकी थिइन् । विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता बस्नेत गठबन्धनका तर्फबाट उपमेयरका बलिया दावेदार हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...