News Portal

  • बैकल्पिक पेशा खोज्दै पत्रकारद्वय प्रहर र फोजू

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ बैशाख २०७९
    १४४४ पटक
    भक्तपुर, १५ बैशाख २०७९

    पछिल्लो समय भक्तपुरका पत्रकारहरु बैकल्पिक पेशाको खोजीमा देखिएका छन् । जिल्लामा पत्रकारिताको विकास नभएपछि उनीहरु नयाँ विकल्पको खोजीमा निस्किएका हुन् ।

    नयाँ वर्षको शुरुकै दिन पत्रकार विकास थापा प्रहरले ब्यवसायिक रुपले त्रिपुरा फूलबारी संचालन गरेको घोषणा गरे । चाँगुनारायण १ दुवाकोटस्थित वडा कार्यालय नजिक रहेको सो फूलवारी बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलबाट एक भब्य कार्यक्रमका बीच औपचारिक उद्घाटन नै गरिएको थियो । नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य रहेका प्रहर आफू प्रकाशक सम्पादक रही त्रिपुरा न्युज साप्ताहिक संचालन गरिरहेका थिए । कोभिडसंगै पत्रिका वितरण प्रभावित बनेपछि र बजारले खर्च धान्न नसकेपछि उनले नयाँ व्यवसायको रुपमा त्रिपुरा फूलबारी रोजेका हुन् ।

    देश निर्वाचनमय हुँदा उनले सामाजिक संजालमा दुखेसो पोखेका छन् की न निर्वाचन कार्यालयले सूचना बिज्ञापन दिन्छ न त उम्मेदवारले । प्रेस काउन्सिल र पत्रकार महासंघ पत्रकारलाई अंकुश लगाएर निगरानी मात्र गर्ने तर केहि नदिने उनले गुनासो गरेका छन् ।  आयोग,राजनीतिक दल,प्रेस काउन्सिल र पत्रकार महासंघले अाफूलाई उत्तानो टाङ लगाईदिएको आरोप लगाउदै उनले पत्रिका प्रकाशकलाई गाह्रो भएको व्यहोरा सार्वजनिक गरेका छन ।

    उनी आफ्नो नयाँ व्यवसाय प्रति भने सन्तोष नै व्यक्त गर्छन । घुम्ने ठाउँ खोज्दै हिड्नेहरुका लागि त्रिपुरा फूलबारी मनोरम गन्तब्य बन्न पुगेको छ । टिकटक बनाउने र फेसबुकलगायतमा फोटो राख्ने रुची भएकाहरुको भीड फूलबारीमा बढ्दै गएको प्रहर बताउछन । फूलबारीमा विभिन्न फूलका बिरुवा उपलब्ध गराइने उनले बताए ।

    प्रहरले नयाँ व्यवसाय शुरु गरेको ठिक पन्ध्र दिनमा अर्का पत्रकार अनिल फोजूले पनि आफ्नो व्यवसाय शुरु गरेका छन् । बिहीवार भक्तपुरको कमलविनायकमा उनले प्रि प्रेसको शुभारम्भ गरेका हुन् । उनले आजैबाट डिजाइनिङ्ग र प्रिण्टिङ्गको काम शुरु गरिएको जानकारी दिंदै केही समय भित्रै डिजिटल प्रिण्टिङ्ग र छापाखानाको समेत कार्य गर्ने उद्घोष गरे । छातापोस्ट चलाइरहेका पत्रकार फोजूले पत्रकारिताले जीवन धान्न नसकेपछि प्रेस संचालन गर्नुपरेको बताएका छन् ।

    जिल्लामा युवाहरु पत्रकारितामा आकर्षित नभईरहेको अवस्थामा पुराना पत्रकारहरु समेत नयाँ व्यवसाय तर्फ आकर्षित हुन थालेपछि पत्रकारिताको अवस्था सन्तोषजनक मान्न नसकिने नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’स्वीकार गर्दछन । जिल्लामा स्वरोजगारमूलक मिडियालाई बचाउन महासंघले पहल गरिरहेको जिकिर गर्दै उनले पत्रकारिताको विकासबारे दृष्टिकोण प्रस्तुत गर्न स्थानीय तहका उम्मेदवारहरु र तिनका दलहरुलाई आग्रह गर्नुपर्ने आवस्यकता समेत औल्याए । भक्तपुर पोस्टसंग कुरा गर्दै सचिव घिमिरेले भने ”जनताको सूचनाको हकलाई ग्यारेन्टी गर्ने संचार जगत र पत्रकारिताको विकासका लागि स्थानीय सरकार बनाउन खोज्नेहरुले योजना दिनु आवश्यक भएको छ ।” उनले जिल्लामा पत्रकारिताको संरक्षण र विकासका लागि महासंघले छिट्टै ठोस योजना ल्याउने समेत दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...