News Portal

  • भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ बैशाख २०७९
    ६४१ पटक
    nareshभक्तपुर, १९ बैशाख २०७९

    स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लाको मतपत्र छपाई कार्य शुरु भएको छ । आज सोमबार बाट भक्तपुर जिल्लाका ४ नगरपालिकाका लागि मतपत्र छपाई कार्य शुरु भएको हो ।

    निर्वाचन आयोगका अनुसार यस अघि ७६ जिल्लाका लागि मतपत्र छाप्ने कार्य सम्पन्न भइसकेको छ । भक्तपुरको मतपत्र छापिए संगै सबै जिल्लाका लागि मतपत्र छाप्ने कार्य सम्पन्न हुने बताइएको छ ।निर्वाचन आयोगले देशका ६ महानगरपालिका र भक्तपुर जिल्लाका ४ नगरपालिका गरि १० स्थानीय तहका लागि मात्र उम्मेदवारको संख्याका आधारमा मत पत्र डिजाइन गरी छाप्ने घोषणा गरेको थियो । सोही बमोजिम भक्तपुरको मतपत्र छपाइ अन्तिममा भएको आयोगको भनाइ छ ।

    आयोगले वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनका लागि भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेमा मतपत्र छपाई कार्य गर्दै आएको छ ।  छापिएका मतपत्र ५० बढी जिल्लामा ढुवानी समेत गरिसकिएको आयोग जानकारी गराएको छ । ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...