News Portal

  • एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको पूरै प्यानल विजयी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ जेठ २०७९
    ११५५ पटक
    भक्तपुर, २ जेठ २०७९

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदानले एमाले उम्मेदवार जिताउन सकेन । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले मतदान पछि सहज जित हासिल हुने दावी गरेका थिए । तर, अध्यक्ष ओलीको वडामा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रदीप कार्की पुरै प्यानल सहित निर्वाचित भएका छन्।
    प्रदिपले १ हजार ५ सय ११ मत पाएर विजयी हुँदा एमालेका विश्वराज भट्टले १ हजार ३ सय ५ मत मात्र पाएर पराजय भोग्न वाध्य भए । ओलीको वडामा उत्साहका साथ निर्वाचनमा सहभागी एमालेका नेताहरुलाई निरास बनाउदै खुला वडा सदस्यका उम्मेदवारमा पनि काग्रेसका जर्नादन खड्का १ हजार ४ सय ७६ र भगत रानाले १ हजार ४ सय २२ मत ल्याएर विजयी भएका छन् ।
    त्यसैगरी, काग्रेसका महिला उम्मेदवार कल्पना खतिवडा(दाहाल) १ हजार ५ सय २९ तथा महिला सदस्यमा
    रन्जिता तिखत्री १ हजार ५ सय १७ मत पाएर विजयी भएकी छन् ।
    अहिलेसम्म सूर्यविनायकका वडा नंं १ र २ को मतगणना सम्पन्न भएको छ । वडा नम्बर १ मा एमालेले जीत हासिल गरेपनि नगरप्रमुखका उम्मेदवार काग्रेसका निशान ढुंगेलको अग्रता कायम छ । ढुंगेलले ३ हजार १ सय ३१ मत पाउँदा एमालेका नगर प्रमख उम्मेदवार बासुदेव थापाले २ हजार ७ सय ६० मत पाएका छन् । अहिले वडा नं ३ को मतगणना भइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...