News Portal

  • चाँगुनारायण नगरपालिकाको प्रमुखमा खत्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ जेठ २०७९
    ४८८ पटक
    भक्तपुर, ४ जेठ २०७९

    चाँगुनारायण नगरपालिकामा नेकपा(एमाले) को नेतृत्व गुमेको छ । नगर प्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेपछि एमालेले चाँगुनारायणको नेतृत्व गुमाउन बाध्य बनेको हो ।

    निवर्तमान उपप्रमुख समेत रहेकी नेकपा (एमाले) की नेत्री बिना बास्तोलालाई झिनो मतको अन्तरले पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्रीले नगर प्रमुखमा जीत हासिल गरेका हुन् ।

    खत्रीले ९ हजार ५ सय ५० मतका प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार बास्तोलाले ९ हजार १ सय ६० मत प्राप्त गरिन् । ३ सय ७० मत कम हुँदा एमाले पराजित बन्न पुग्यो ।
    यस अघि नगर प्रमुखमा एमालेका सोम मिश्र निर्वाचित भएका थिए । मिश्रले ८ हजार ५ सय १२ मत पाएका थिए ।

    नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाहले पनि कडा टक्कर दिएका थिए । ८ हजार ६७ मत प्राप्त गरेर उनले जीत हासिल गर्न असफल भएपनि आफ्नो र पार्टीको लोकप्रियता प्रदर्शन गर्न सफल रहे । नेमकिपाका केशवप्रसाद तिमिल्सनाले ३ हजार २ सय ६७ मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरेश खड्काले ८ सय ८८ मै चित्त बुझाउनु पर्यो ।

    उपप्रमुखमा भने नेकपा एमालेका रमेश बुढाथोकीले बाजी मारेका छन् । ११ हजार १ सय ७ मत प्राप्त गरेका बुढाथोकीले कांग्रेसकी सुभद्रा काफ्लेलाई पछि पार्दै जित हासिल गरेका हुन् । काफ्लेले ९ हजार ७६ मत मात्र प्राप्त गरेकी छन ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...