News Portal

  • मतदान स्थलमै मतगणना गर्नुपर्छ : न्यायाधिश बास्तोला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ जेठ २०७९
    ६५९ पटक
    गोपाल gopal prasad bastolaभक्तपुर, ६ जेठ २०७९

    भक्तपुरका मूख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश गोपालप्रसाद बास्तोलाले निर्वाचन गराउन बजेट र जनशक्ति दुवै अपुग रहेको बताएका छन् । निर्वाचन आयोगको उदासिनता रहिराखे निर्वाचनमा खट्ने कर्मचारी नै नपाइने हुनसक्ने उनले गुनासो समेत गरे ।

    शुक्रवार भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधिश बास्तोलाले मतदान स्थलमै मतगणना गर्नुपर्ने आवश्यकता समेत औल्याए । मतदानस्थलमा पर्याप्त कर्मचारी र सुरक्षाकर्मी रहने भएकाले त्यहीँ नै गणना गर्न सकिने उनको भनाइ छ । उनले राज्यको खर्च घट्ने र गणना पनि छिटो हुने भन्दै त्यसको लागि पहल गर्न नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवाल समक्ष आग्रह समेत गरेका छन् ।

    मूख्य निर्वाचन अधिकृत बास्तोलाले नगरभित्रका आधा दर्जन मतदान केन्द्र फेर्नुपर्ने अवस्थामा रहेकाले आवश्यक पहल गर्न समेत सुझाव दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...