भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानको रुपमा बिकास गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सोको घोषणा गरेका हुन् ।
अंग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रूपमा यसलाई अघि बढाइने बजेट बक्तब्यमा भनिएको हो । त्यस्तै बिपन्न मिर्गौला रोगीहरुलाई निशुल्क प्रत्यारोपणको व्यवस्था मिलाइने बताइएको छ ।
बजेटमा रु १० करोडको व्यवस्था गरिएको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसीस गराइरहेका
क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्च मासिक पाँच हजार दिने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माले जनाएका छन ।