News Portal

  • सांसद बस्नेतको शल्यक्रिया सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ जेठ २०७९
    २६८३ पटक
    भक्तपुर, १६ जेठ २०७९

    पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पित्तथैलीमा पथ्थरी देखिएपछि सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो ।                                                                                                      भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको उनका स्वकीय सचिव दिनेश थापाले जानकारी दिएका छन् । नेकपा(एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहेका सांंसद बस्नेतलाई डा चेतन योन्जनको नेतृत्वमा रहेको चिकित्सकहरुको समूहले शल्यक्रिया सम्पन्न गरेका हुन् । करिब ४५ मिनेटमा उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ ।                                                                                                  सोमबार बिहान अस्पताल भर्ना भएका सांसद बस्नेतलाई दिउँसो मात्र शल्यक्रियाका लागि लगिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ । यद्यपी, इन्फेक्सन हुनसक्ने भन्दै स्वास्थ्य लाभको शुभकामना दिन आउनेहरुलाई अस्पतालले बाहिरै रोकेर राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...