पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । पित्तथैलीमा पथ्थरी देखिएपछि सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो । भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको उनका स्वकीय सचिव दिनेश थापाले जानकारी दिएका छन् । नेकपा(एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहेका सांंसद बस्नेतलाई डा चेतन योन्जनको नेतृत्वमा रहेको चिकित्सकहरुको समूहले शल्यक्रिया सम्पन्न गरेका हुन् । करिब ४५ मिनेटमा उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ । सोमबार बिहान अस्पताल भर्ना भएका सांसद बस्नेतलाई दिउँसो मात्र शल्यक्रियाका लागि लगिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ छ । यद्यपी, इन्फेक्सन हुनसक्ने भन्दै स्वास्थ्य लाभको शुभकामना दिन आउनेहरुलाई अस्पतालले बाहिरै रोकेर राखेको छ ।
सांसद बस्नेतको शल्यक्रिया सम्पन्न
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ जेठ २०७९
भक्तपुर, १६ जेठ २०७९वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई