News Portal

  • सिद्धपोखरीको माछा बिक्रीमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ जेठ २०७९
    ११०९ पटक
    siddha pokhariभक्तपुर, २६ जेठ २०७९

    भक्तपुर नगरपालिकाले सिद्धपोखरी र नःपुखू लगायतका पोखरीहरूका माछा बिक्री गर्ने भएको छ । माछाको मूल्य न्यूनतम प्रतिकिलोग्राम रु. २ सय ५० कायम गरिएको छ ।

    इच्छुक व्यक्ति, फर्म वा संस्थाले उक्त मूल्यमा बढेर मूल्य प्रस्ताव गर्न नगरपालिकाले सूचना जारी गरेको हो । ”न्यूनतम प्रतिकिलोग्राम रु. २ सय ५० मा बढाई के कति दरमा के कति परिमाण खरिद गर्ने हो सो खुलाई कोटेसन पेश गर्न सूचित गरिन्छ ।” सूचनामा भनिएको छ ।

    २०७९।०२।२५ गते प्रकाशित सूचना अनुसार कोटेसन भर्न तीन दिनको समयसीमा दिइएको छ । खरिदकर्ताले आफैले जालद्वारा माछा निकाल्नुपर्ने सर्त राखिएको छ । माछा खरिद बिक्रीसम्बन्धी अन्य सर्तहरू नगरपालिका अथवा सम्पर्क नं. ६६११५२२ मा सम्पर्क गरी बुझ्न सकिने व्यवस्था गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...