भक्तपुर नगरपालिकाले सिद्धपोखरी र नःपुखू लगायतका पोखरीहरूका माछा बिक्री गर्ने भएको छ । माछाको मूल्य न्यूनतम प्रतिकिलोग्राम रु. २ सय ५० कायम गरिएको छ ।
इच्छुक व्यक्ति, फर्म वा संस्थाले उक्त मूल्यमा बढेर मूल्य प्रस्ताव गर्न नगरपालिकाले सूचना जारी गरेको हो । ”न्यूनतम प्रतिकिलोग्राम रु. २ सय ५० मा बढाई के कति दरमा के कति परिमाण खरिद गर्ने हो सो खुलाई कोटेसन पेश गर्न सूचित गरिन्छ ।” सूचनामा भनिएको छ ।
२०७९।०२।२५ गते प्रकाशित सूचना अनुसार कोटेसन भर्न तीन दिनको समयसीमा दिइएको छ । खरिदकर्ताले आफैले जालद्वारा माछा निकाल्नुपर्ने सर्त राखिएको छ । माछा खरिद बिक्रीसम्बन्धी अन्य सर्तहरू नगरपालिका अथवा सम्पर्क नं. ६६११५२२ मा सम्पर्क गरी बुझ्न सकिने व्यवस्था गरिएको बताइएको छ ।