News Portal

  • बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएको दावी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०७९
    ७४० पटक
    janardan sharma prabhakarभक्तपुर, २७ जेठ २०७९

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएको दावी गरेका छन् । मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको उनले बताएका हुन् ।

    शुक्रवार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिसंग मन्त्रालयमा भेटवार्ता गर्दै अर्थ मन्त्री शर्माले भने, ”सरकारले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको छ, स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति अनुरुप बजेट आएको हो ।” उनले भने ।

    सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको भन्दै उनले आम महिला वर्गलाई राहत हुनेगरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भए समाधान निकाल्न तयार रहेको पनि जानकारी
    दिए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनको भनाइ छ ।सरकारको उदेश्य व्यवसायीलाई अप्ठ्यारो पार्ने नभएको भन्दै उनले व्यवसायीहरुको अप्ठ्यारो फुकाउन अर्थ मन्त्रालय सदैव तयार रहने प्रतिवद्धता समेत प्रकट गरे ।

    छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुती दिएका थिए । उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने बातावरण बनाइदिन आग्रह गरेका थिए । ‘व्यवसायीलाई पनि पोलिसीले साथ दिनुस्, हामीले पनि बजेटको मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति होस् ।’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...