News Portal

  • मन्त्रीको भक्तपुरसँग झगडा परेको जस्तै देखियो : सांसद बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०७९
    ६६८९ पटक
    भक्तपुर, २७ जेठ २०७९

    प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का पोलिटब्युरो सदस्य समेत रहेका भक्तपुरबाट निर्वाचित संघीय सांसद महेश बस्नेतले बजेटबारे असन्तुष्टी व्यक्त गरेका छन् । उनले भौतिक तथा अर्थमन्त्रीको भक्तपुरसँग झगडा परेको जस्तै देखिएको दावी गरेका हुन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले प्रश्न गरे, ‘हनुमन्ते, मनोहरा करिडोरको २ अर्व कता हरायो ? वीर अस्पताल र क्यान्सर सेन्टरको २ अर्व बजेट कता हरायो ? ४० करोड छुट्टीएको गोदावरी रानीकोट सडकमा ७ लाखमात्र बजेट छुट्याएको प्रति पनि उनले चिन्ता व्यक्त गरे । ६ करोड, ४ करोड तथा २ करोड बजेट भएकोमा अहिले लाखमात्र बजेट छुट्याइएको उनको दावी छ ।

    विगतमा समयले विकास ल्याएको हो भन्ने कांग्रेसका जिल्ला नेताहरु अहिले कुन दुलोभित्र लुकेर बस्ने हुन भन्दै उनले व्यंग्य समेत गरे । ‘सरकारले विकासको काम गर्ने र जनतालाई राहत दिने कुनै लक्षण देखिँदैन ।’उनले दावी गरे । यो वर्षको बजेट सिमित नेता र प्रधामन्त्रीको घरमा मात्र गएको उनको आरोप छ । जनताले फेरि पनि एमालेको सरकारलाई मिस गरिरहेको र केपी ओलीलाई मिस गरिरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...