News Portal

  • अर्थमन्त्रीले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको ओलीको आरोप

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    ४०९ पटक
    भक्तपुर, २ असार २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् ।

    एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको उनले बताए ।

    ओलीले स्थानीय तह चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लड्नु परेको बताएका छन् । उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको पनि बताए । ओलीले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नरहेको आरोप समेत लगाएका छन् । देशको विकास गर्ने र समृद्धि बनाउन पार्टी एमाले रहेको भन्दै त्यो जिम्मेवारी पूरा गर्न जनप्रतिनिधिहरुलाई ओलीले निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...