News Portal

  • एसीसी महिला टी–२० मा नेपाल हङकङसँग ७ विकेटले पराजित

    भक्तपुर संवाददाताभक्तपुर,७ असार २०७९
    २७३ पटक
    भक्तपुर,७ असार २०७९

    एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । आजको खेलमा हार व्यहोरेको नेपालले सेमिफाइनलमा बलियो प्रतिस्पर्धी युएईको सामना गर्ने छ ।

    नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५।५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्यो । हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट भइन् । ओपनर मेरिको हिल स्पिनर संगिता राईको बलमा ममता चौधरीबाट क्याच आउट भइन् ।

    नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा नेपाललाई १०० रनको लक्ष्य गर्न पनि निकै कष्ट भएको थियो । खेलमा लगातार ६ विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो

    समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपाल यो खेलमा पराजित हुँदै सेमिफाइनलमा युएईको सामना गर्ने पक्का भएको छ । समूह ‘ए’ को विजेता युएई नेपालको लागि बलियो प्रतिस्पर्धी हो ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...