News Portal

  • नेपाललाई ८२ रनको लक्ष्य

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१० असार २०७९
    ५५१ पटक
    भक्तपुर,१० असार २०७९

    एसीसी महिला टी– च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ ।

    मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो । यूएईका वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्।

    आजको खेलमा नेपालले यूएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र थाइल्यान्ड रहेका छन् । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो भने हङकङसँग ७ विकेटले पराजित भएको थियो । तर यूएई अपराजित टोली हो । फाइनल खेल भोलि हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...