News Portal

  • चाँगुनारायणको बजेट १ अर्व ८२ करोड २३ लाख ६१ हजार

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार १० २०७९
    ६२४ पटक
    changu narayan भक्तपुर, असार १० २०७९

    चाँगुनारायण नगरपालिकाले १ अर्व ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा जारी ११ औं नगर सभामा उप प्रमुख रमेश बुढाथोकीले शुक्रवार बजेट प्रस्तुत गरेका हुन् ।

    विनियोजित बजेटको चालू खर्चतर्फ ४०.२ प्रतिशत र पुँजीगत खर्चतर्फ ५९.८ प्रतिशत विनियोजन गरिएको छ ।

    नगरपालिकाले सर्वाधिक बजेट सडक निर्माण र स्तर उन्नतीका लागि रु २२ करोड ४५ लाख छुट्याएको छ भने त्यसपछि ठुलो बजेट आफ्नै भवनमा पारेको छ । नगरपालिका भवन निर्माणको लागि २० करोड छुट्याइएको हो ।

    निवर्तमान मेयर सोमप्रसाद मिश्रले शुरु गरेको मेयर उद्यमशीलता बिकास कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्दै बजेटमा १ करोड ६५ लाख छुट्याइएको छ । त्यस्तै उनैले शुरु गरेको बचत खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमका लागि पनि बजेट बिनियोजन गरिएको छ ।

    नगरपालिकाले एक घर एक धारा अवाधाराना साकार पार्न ६ करोड ८० लाख छुट्याएको छ भने उज्यालो चहंगु नारायण अन्तर्गत साद्क बत्तीका लागि पनि बजेट बिनियोजन गरिएको छ ।
    कृषिमा १ करोड ९ लाख छुट्याएको नगरपालिकाले विपद व्यवस्थापनका लागि १ करोड ५० लाख बिनियोजन गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...