News Portal

  • मूल्यबृद्धि विरुद्ध सूर्यविनायकमा युवा संघको मसाल जुलुस

    पूजा बस्नेत/ भक्तपुरपोष्टभक्तपुर, १० असार २०७९
    ८०६ पटक
    भक्तपुर, १० असार २०७९

    पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो ।              एमाले पार्टी कार्यालय नजिकबाट शुरु भएको मसाल जुलुसले छ लेन सडक हुदै सूर्यविनायक चोक परिक्रमा गरेको थियो । मसाल जुलुस गर्न नदिन एक ट्रक प्रहरी परिचालित भएपनि मसाल खोस्न सकेनन् । जुलुस बिथोल्न नसकी प्रहरी जुलुसको पछि लाग्दा मसाल जुलुसलाई प्रहरीले सुरक्षा दिइरहेको झै देखिन्थ्यो ।  मसाल जुलुसका कारण केहिबेर हाइवे अवरुद्ध हुन पुगेको थियो भने सरकारी सवारीलाई युवाहरुले फर्काएका थिए ।                                                                               मसाल जुलुस कोण सभामा परिणत भएपछि भने प्रहरी मसाल निभाउन सफल भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा संघका भक्तपुर उपाध्यक्ष एवं युथ फोर्सका अध्यक्ष रविन थापाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए सम्म युवाको आन्दोलन नरोकिने उद्घोष गरेका छन् । उक्त अवसरमा सरकार र प्रधानमन्त्री बिरुद्ध युथ फोर्सका कार्यककर्ताले चर्को नाराबाजी समेत गरेका थिए । युवाहरुको मसाल जुलुसमा साथ दिन एमाले नेताहरू मोहनविर श्रेष्ठ, रजन केसी, दिनेश थापा, अशोकराज ढुङ्गेल लगायत जिल्ला नेताहरु सडकमा ओर्लिएका देखिन्थे ।ravin thapa

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...