पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध युवा संघ भक्तपुरले मसाल जुलुस गरेको छ । शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालको युथ फोर्सले सूर्यविनायकस्थित मूख्य सडकमा मसाल जुलुस गरेको हो । एमाले पार्टी कार्यालय नजिकबाट शुरु भएको मसाल जुलुसले छ लेन सडक हुदै सूर्यविनायक चोक परिक्रमा गरेको थियो । मसाल जुलुस गर्न नदिन एक ट्रक प्रहरी परिचालित भएपनि मसाल खोस्न सकेनन् । जुलुस बिथोल्न नसकी प्रहरी जुलुसको पछि लाग्दा मसाल जुलुसलाई प्रहरीले सुरक्षा दिइरहेको झै देखिन्थ्यो । मसाल जुलुसका कारण केहिबेर हाइवे अवरुद्ध हुन पुगेको थियो भने सरकारी सवारीलाई युवाहरुले फर्काएका थिए । मसाल जुलुस कोण सभामा परिणत भएपछि भने प्रहरी मसाल निभाउन सफल भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा संघका भक्तपुर उपाध्यक्ष एवं युथ फोर्सका अध्यक्ष रविन थापाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए सम्म युवाको आन्दोलन नरोकिने उद्घोष गरेका छन् । उक्त अवसरमा सरकार र प्रधानमन्त्री बिरुद्ध युथ फोर्सका कार्यककर्ताले चर्को नाराबाजी समेत गरेका थिए । युवाहरुको मसाल जुलुसमा साथ दिन एमाले नेताहरू मोहनविर श्रेष्ठ, रजन केसी, दिनेश थापा, अशोकराज ढुङ्गेल लगायत जिल्ला नेताहरु सडकमा ओर्लिएका देखिन्थे ।
मूल्यबृद्धि विरुद्ध सूर्यविनायकमा युवा संघको मसाल जुलुस
पूजा बस्नेत/ भक्तपुरपोष्टभक्तपुर, १० असार २०७९
भक्तपुर, १० असार २०७९उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष
नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने...
प्राधिकरणको सात करोडका सामान गायब गर्नेलाई कारवाही सिफारिस
हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि...
भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा...
व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता
दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...
उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो
मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता
- दक्षिण कोरियामा सैन्य शासन घोषणा
- उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष
- प्राधिकरणको सात करोडका सामान गायब गर्नेलाई कारवाही सिफारिस