News Portal

  • भक्तपुरमा कौसी खेतीको काइदा, फोहोर ब्यवस्थापनमा फाइदा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ असार २०७९
    ५३९ पटक
    भक्तपुर, १४ असार २०७९

    भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित विद्यालयका शिक्षकलाई फोहोर ब्यवस्थापन र कौसी खेतीबारे प्रशिक्षण दिइएको छ । उनीहरूलाई नगरपालिकाले २ दिने प्रशिक्षण दिएको हो ।

    प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्याम कृष्ण खत्रीले घरको ७५ प्रतिसत फोहोरलाई कौसी खेतीमा प्रयोग गर्न सकिने बताए । नगरपालिकाले फोहोर ब्यवस्थापनमा ठुलो बजेट खर्च गरिरहनुपरेको उल्लेख गर्दै वडाध्यक्ष खत्रीले प्रशिक्षणबाट कौसी खेती संगै फोहोर ब्यवस्थापनमा समेत सहयोग मिल्ने बिश्वास ब्यक्त गरे । कौसी खेतीमा घरकै फोहोर प्रयोग गर्न सकिने र स्वास्थ्यकर बाताबरण र खानेकुरा प्राप्त हुने भएकोले यसलाई महत्वका साथ अघि बढाइएको उनले बताए ।

    दुधपाटीस्थित वडा कार्यालयको हलमा सोमबार देखि प्रशिक्षण शुरु भएको हो । प्रशिक्षणमा वडाका सामुदायिक र सस्थागत विद्यालयका गरी २६ बढी शिक्षक सहभागी भएका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनाएका छन् । सहभागीहरुले प्रशिक्षणबाट धेरै ज्ञान प्राप्त भएको भन्दै बुझ्नेले फोहोरलाई मोहर बनाउन सक्नेबारे बताए । घरका काम ललाग्ने बस्तुलाई कौसी र करेसामा गमला र थाङ्ग्रा बनाउन सकिने र घरमै कुहिले बस्तुबाट प्राङारिक मल बनाउन सकिने ज्ञान प्राप्त भएको उनीहरुको भनाइ छ । उनीहरुले सिकेका कुरा ब्यवहारमा उतार्ने प्रतिवद्धता प्रकट गर्दै आफूले पाएको ज्ञान समूहमा बाढ्ने समेत बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...