News Portal

  • भक्तपुरमा बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ असार २०७९
    १६६४ पटक
    भक्तपुर, १४ असार २०७९

    भक्तपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । २० वर्षिया युवतीको बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ परेका हुन् ।

    सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुगोसा रिसोर्टमा महिलामाथि जबर्जस्ती करणी भएको सूचना पाएपछि पुगेको प्रहरीले युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी राजु पाण्डेले पुष्टि गरेका छन् ।

    मंगलवार बिहान पक्राउ परेका युवक सूर्यविनायक २ निवासी भएका बताइएको छ। घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । विस्तृत विवरण आउन बाँकी छ ।

    अपडेट : जिल्ला प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेका युवकमाथि जबर्जस्ती करणीको मुद्दा चलाउने तयारी गरिएको छ । रिसोर्टमा संगै रहेकी युवतीले किटानी जाहेरी दिएपछि उनीमाथि थप अनुसन्धान र मुद्दाको तयारीमाप्रहरी लागेको वृत्त श्रोतले बताएको छ । उजुरीमा युवकले पटकपटक जबर्जस्ती करणी गरेको अभियोग लगाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...