News Portal

  • भक्तपुर नगरपालिकाको सरसफाई खर्च १३ करोड ५० लाख

    भक्तपुर, १५ असार २०७९
    ६९४ पटक
    भक्तपुर, १५ असार २०७९

    भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार उक्त क्षेत्रमा सरसफाई गरिएको हो ।

    कार्यक्रममा वातावरण समितिका सयोजक तथा ९ नं वडाका वडा अध्यक्ष रविन्द्र ज्याख्वले सरसफाई लाई नगरपालिकाले महत्वका साथ् अघि बढाएको बताए । उनले आगामी आर्थिक वर्षमा भक्तपुर नगरपालिकाले सरसफाईको लागि १३ करोड ५० लाख बजेट बिनियोजन गरिएको समेत जानकारी दिए। ठुलो धनराशी सरसफाई व्यवस्थापनमा लगाउनुपरेकोले फोहोरलाई मोहर बनाउने नगरपालिकाले नीति लिएको उनले खुलासा गरे । सकेसम्म कम फोहोर गर्न र घरमै फोहोर व्यवस्थापनको लागि तालिमहरु प्रदान गरिरहेको उनले बताए ।

    हरेक सम्पदा क्षेत्र, पोखरीको सरसफाइ कार्य खुल्ला अभियानका रुपमा लामो समयदेखि चलाउदै आएको र कोभिडको कारणले स्थगित भएकोले पुन कार्यक्रमलाई निरन्तरता दिएको उनले बताएका छन् । काठमाडौ उपत्यकामा हैजाको संक्रमण देखापरेकोले सतर्क हुनुपर्ने समेत उनको सुझाव रहेको छ ।

    कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सहकारीकर्मी तथा स्थानीयको उपस्थिती रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...