News Portal

  • स्वास्थ्य कार्यालय भक्तपुरद्धारा मानव कल्याण समाजलाई सहयोग

    पूजा बस्नेत / भक्तपुरपोष्ट भक्तपुर, असार १६ २०७९
    ५४२ पटक
    भक्तपुर, असार १६ २०७९

    मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले संस्थालाई रु १ लाख बराबर स्वास्थ्य उपकरण त्येहाँ रहेको मानसिक रोगका बिरामीहरुलाई करिब २ महिना पुग्ने गरि रु ८० हजार बराबरको औषधी सहयोग गरेको छ । सेवाघरमा रहेका ५० जनालाईरु ३५ हजारको स्वास्थ्य बीमा गर्न कार्यालयले सहयोग गरेको स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ढुंगानाले जानकारी दिएका छन् ।

    स्वास्थ्य कार्यालय भक्तपुरका निमित्त कार्यालयका प्रमुख शान्तिराम खतिवडाले  सेवा गर्दै आइरहेको जनचेतना सम्बन्धी कार्यक्रम यो वर्ष मानव कल्याणमा गरिएको बताएका छन् । कार्यक्रममा उनले भने “यहाँ रहेका जेष्ठ नागरिक र असहायहबालबालिकाहरुको सामान्य उपचार गर्न सजिलो होस् भनेर सानो उपचार कक्ष समेत बनाइदिएको जानकारी दिएका छन् ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर अस्पतालकी संयोजक डा मनिषा कार्कीले आफुले विगतमा पनि यस संस्थालाई सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताइन साथै कार्यालयका सम्पूर्ण कर्मचारीहरुले खाजा खर्च वापतको रकम रु १० हजार समेत संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गरेकी छन् ।

    कार्यक्रममा संचारकर्मी पुष्करराज बुढाथोकी, जीवन विज्ञानका उमेशचन्द्र धौभडेललगायतले सबैले मिलेर यस्ता संस्थालाई सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयको कर्मचारी, सेवाघरमा रहेका जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...