News Portal

  • सिडिओ कार्यालय र सूर्यविनायक नगरपालिकाबीच अन्तरक्रिया सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१८ असार २०७९
    ४६२ पटक
    भक्तपुर,१८ असार २०७९

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रमलाई अघि बढाएको छ । शुक्रवार सूर्यविनायक नगरपालिकाका जनाप्रतिनिधिसंग कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय तह संग समेत अन्तर सम्बन्धित हुने भएकोले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सिडिओ रुद्रादेवी शर्माले प्रष्ट पारिन । सिडिओ कार्यालयमा आउने कतिपय सेवाग्राहीका कागजपत्र प्रमाणित गर्ने, सिफारिस गर्ने लगायतका काम स्थानीय जनप्रतिनिधिको भएकोले सिडिओ कार्यालय र नगरपालिकाबीच राम्रो समन्वय हुनुपर्ने उनको भनाइ छ । सिडिओ शर्माले प्रक्रिया, कानुन र आवस्यक कागजातबारे जनप्रतिनिधिले सहि जानकारी राख्नुपर्नेमा जोड दिदै यसले  जनताको काममा सहजता हुने र सिडिओ कार्यालय आएपछि कागजपत्रको कमीका कारण फर्कनु पर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

    उक्त अवसरमा सिडिओ शर्माले शान्ति सुरक्षा, लागू औषध नियन्त्रण र अपराध न्यूनीकरण र जिल्ला प्रशासन कार्यालयले दिने सेवा बारे अभिमुखीकरण हुने गरी स्लाइड प्रस्तुतीकरण गर्दै जनप्रतिनिधिले राखेका प्रश्नबारे प्रष्ट पारेकी थिइन् ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईको नेतृत्वमा १० वटै वडाका वडा अध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलको नेतृत्वमा १० वटै वडाका वडा सचिवहरुको सहभागिता रहेको थियो । नवनिर्वाचित जनप्रतिनिधिका लागि कार्यक्रम असाध्यै फलदायी भएको भन्दै जान्प्रतिनिधिहरुले कार्यक्रमबाट धेरै विषयमा थाहा पाउने र स्पष्ट हुने अवसर प्राप्त भएको प्रतिक्रिया दिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...