काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृतावस्थामा फेलापरेकी छन् । शंखमुलस्थित केएमसी स्कुलको छात्रावासमा रहेको भान्छामा काम गर्ने युवती हिजो राति पासोमा झुण्डिएकी हुन् ।
उनको शव घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आफन्तले उनको हत्याको आशंका गरेका छन् । काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीका अनुसार प्रहरीको फरेन्सिक टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही हुनुपर्ने मृतकका आफन्तहरुको माग छ । घटना हिजो साँझ पाँच बजेतिरको भएपनि होस्टल प्रशासनले लुकाएर राखेको उनीहरुको आरोप छ ।