News Portal

  • बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १९ असार २०७९
    १६४४ पटक
    भक्तपुर, १९ असार २०७९

    नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् ।                                                                                          गैरआवासीय नेपाली महासंघ अमेरिकाको निमन्त्रणामा ‘नलेज कन्भेन्सन’ मा सहभागी हुन अमेरिका जानु अघि सभापति थापाले आफ्नो अधिकार उप सभापति बनलाई प्रत्यायोजन गरेका सचिव सुशील बस्नेतले बताए । सभापति थापा आइतबार अमेरिकाको क्यारोलिना राज्यमा रहेका छन् । करिब एक साता उनी उतै रहने कार्यतालिका रहेको छ ।                                                                                                            सभापति थापा बिदेशमा रहेसम्मको समयका लागि उप सभापति बनले कार्यवाहकको जिम्मेवारी पाएकी बताइएको छ । भक्तपुर कांग्रेसको इतिहासमा महिला नेतृले सभापतिको जिम्मेवारी पाएको यो नै पहिलोपटक हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...