News Portal

  • अनेसासलाई अनेसास नै बनाउने प्रतिबद्धतासहित उत्रिएका तीन उम्मेद्वार

    इभक्तपुर संवाददाता२०७९ असार २१
    ८५१ पटक
    २०७९ असार २१

    लामो समयदेखि साहित्य र अनेसासमा आफूलाई समर्पित गर्दै आएका तीन हस्तीः अध्यक्षका उम्मेद्वार गोवर्धन पूजा, वरिष्ठ उपाध्यक्षका उम्मेद्वार लालगोपाल सुवेदी र महासचिवका उम्मेद्वार विमला निरौला अनेसास निर्वाचन २०२२ मार्फत केन्द्रीय कार्यसमितिमा आए अनेसासको श्रीवृद्धिमा थप योगदान गर्ने विश्वास लिइएको छ ।

    आगामी अनेसास निर्वाचन २०२२-२०२४ का लागि उम्मेदवारी दिएका गोवर्धन पूजा निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् भने विमला निरौला निवर्तमान सचिव हुन् । त्यसैगरी लालगोपाल सुवेदी गत २०१८-२०२० का लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उपविजेता हुन् ।

    अध्यक्षका उम्मेद्वार गोवर्धन पूजाका पीडा अवतार, अनामनगरकी अम्बिकालगायत थुप्रै कृति प्रकाशित भइसकेका छन् भने महासचिवका उम्मेद्वार विगत लामो समयदेखि बालसाहित्यका क्षेत्रमा ख्याति कमाएकी लेखिका हुन् । उनका हालमात्र काव्यपराग र ओथारो बसेका सपना कृति प्रकाशित भएको छ भने विगतमा थुप्रै कृति प्रकाशन भइसकेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार लालगोपाल सुवेदीले विभिन्न साहित्यिक पुरस्कार प्राप्त गरिसकेका छन् ।

    कुशल र चतुर संगठनकर्ता एवं नेतृत्वदायी क्षमता भएका अध्यक्ष उम्मेद्वार गोवद्र्धन पूजा, प्राज्ञिक व्यक्तित्वका रुपमा परिचित वरिष्ठ उपाध्यक्षका उम्मेदवार लालगोपाल सुवेदी र शालीन, मृदुभाषी स्वभावकी साहित्यिक एवं सांगठानिक क्षमता प्रदर्शनकी खुबी भएकी महासचिव उम्मेद्वार विमला निरौलाजस्ता व्यक्तित्वको जीत भएको खण्डमा आजको अनेसास हाम्रो अनेसास हुने विश्वास आम आजीवन सदस्यहरुको रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...