News Portal

  • भक्तपुरका सबै कार्यालयमा सूचना अधिकारी राखिएको छ : सिडिओ शर्मा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ असार २०७९
    १८१६ पटक
    rudra sharmaभक्तपुर, २२ असार २०७९

    भक्तपुरका सबै कार्यालयमा सूचना अधिकारी राखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाएकी छन् । भक्तपुरका सरकारी कार्यालयमा मात्र नभई गैर सरकारी कार्यालयमा समेत सूचना अधिकारी राख्न निर्देशन दिइएको शर्माले बताएकी हुन् ।

    बुधवार भक्तपुरको थिमिमा आयोजित सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । जिल्ला प्रशासन कार्यालयले सबै कार्यालयमा फोटो र सम्पर्क नम्बर सहित सूचना अधिकारीको विवरण सार्वजनिक गर्न र सूचनाको हकको कार्यान्वयन गर्न कडाइ गरिएको जानकारी गराइन । जिप्रकाले सो सम्बन्धी अनुगमन पनि गरिरहेको उनको भनाइ छ ।

    प्रमुख शर्माले भक्तपुरका सबै निकायहरुमा सूचना अधिकारी राखिएको छ या छैन भन्ने बारे विवरण पनि हेरिएको बताएकी छन् । ‘यस विषयमा भक्तपुरका सबै निकायहरु सचेत छन् र अबको साउन सम्ममा सबै सूचना अधिकारीको फोटो सहितको विवरण संकलन गरि  सार्वजनिक गरिने छ ।’ शर्माले बताइन् ।

    प्रत्येक नागरिकले आफ्नो सरोकारको विषयमा सुचना पाउनुपर्ने र यसले नागरिकले पाउने सेवा पनि प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको भनाइ छ । नागरिकले खोजेको सूचना सजिलै पाउनुपर्नेमा जोड दिदै उनले सबैलाई सूचनाको पहुँचमा पुर्याउन आफूहरुले योजनावद्ध कार्य गरिरहेको जिकिर गरिन ।

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना, मध्यपुर थिमि नगरपालिकाको सह आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक अन्तरक्रिय कार्यक्रममा मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख विजय कृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीको विशेष आतिथ्यता रहेको थियो ।उक्त अवसरमा राससका अध्यक्ष धर्मेन्द्र झाले उक्त विषयमा प्रस्तुतीकरण राखेका थिए भने राष्ट्रिय सूचना आयोगका सचिव भगिरथ पाण्डेले त्यसबारे थप प्रष्ट पारेका थिए ।

    कार्यक्रममा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, काठमाडौं अध्यक्ष सूर्य सुबेदी, भक्तपुरका सस्थापक अध्यक्ष रमेश खड्का, निवर्तमान अध्यक्ष एवं सल्लाहकार पुष्करराज बुढाथोकी, सल्लाहकार रमेश गिरी, मध्यपुर संचार समाजका अध्यक्ष बाबुकाजी साछें श्रेष्ठ, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य लगायत पत्रकारका बिभिन्न संघसस्थाका प्रतिनिधि समेत सहभागी रहेका थिए ।

    कार्यक्रममा मध्यपुर थिमि वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, वडा नम्बर ९ का वडाध्यक्ष सानुकाजी राजवाहकले सूचना माग हुँदा दिने प्रक्रियाबारे जिज्ञासा राख्दै यस विषयमा थप अन्तरक्रियाको आवश्यकता औल्याएका थिए ।

    उक्त अवसरमा सूचना सुशासनको लागि अत्यावश्यक भएको ठहर गर्दै संविधानमै ब्यवस्था गरिएको भएपनि सूचनाको हक बारे थाहा नहुँदा र प्रयोगमा कठिनाई ब्यहोर्नु पर्दा जनता सूचनाबिहीन भएर बस्न बाध्य भएकोमा चिन्ता ब्यक्त गरिएको थियो । कार्यक्रममा सूचना माग गर्ने र प्राप्त गर्ने कुरालाई निरुत्साहन नभई प्रोत्साहन गर्नुपर्ने निष्कर्ष निकालिनुका साथै सूचनाको माग गर्दा ब्यवहारिक र सही उदेश्य हुनुपर्नेमा जोड दिइएको थियो ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका कावा अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लिला श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् भने संचालन महासंघका सचिव संजीप घिमिरेले गरेका थिए ।

    यो पनि

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...